Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको म्याद तामेली प्रक्रियामा अवरोध गरेको आरोप लागेका तीन कर्मचारीहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रशासनले उठाएको टिप्पणीका आधारमा कारबाहीको प्रस्तावमा परेका सर्वोच्च अदालतका तामेल्दार शम्भुबहादुर खत्री, काठमाडौं महानगरपालिकाकी वडा सचिव सरिता राई र वडाका नासु भेषराज अर्याल आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।

सर्वोच्च अदालतमा उनीहरुले पेश गरेको लिखित जवाफमा एकले अर्कालाई आरोप लगाएका छन् । महानगरपालिकाको १० नम्बर वडा सचिव सरिता राईले तामेलदार खत्रीका कारण असोज १९ गते म्याद तामेल हुन नसकेको जनाएकी छन् भने नासु अर्यालले आफूलाई म्याद तामेलीबारे अख्तियारी नै नदिइएको दावी गरेका छन् ।

तामेल्दार खत्रीले भने वडा सचिवले तालिम र वृद्धभत्ता वितरणमा आफूलाई व्यस्त देखाएकाले जिम्मेवारी अनुसार काम सम्पन्न हुन नसकेको जवाफ दिएका छन् । तीनजनाले छुट्टाछुट्टै बुझाएको प्रतिवेदन हेर्दा उनीहरुबीच आ–आफ्ना दावी मेल खाँदैनन् । उनीहरुले कारबाहीबाट जोगिन एक अर्कालाई जिम्मेवार ठहर्‍याएका छन् ।

कान्तिपुर दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया