Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सरकारले स्थानीय स्वास्थ्य चौकीमै मृगौला परीक्षणको व्यवस्था गरेको छ ।

मृगौला परीक्षणमा प्रयोग हुने ‘डिपिस्टिक फिट’ मनाङबाहेकका जिल्लामा पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले देशभर पहिलो चरणमा २० लाख जनाको मृगौला परीक्षण गर्न पुग्ने किट पठाएको छ ।

महाशाखाका निर्देशक डा. भीमसिंह टिंकिरीले मनाङमा बाटोको समस्याका कारण केही दिनपछि मात्र किट पुर्‍याउने जानकारी दिए ।

वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. विष्णु पहाडीका अनुसार किटको जाँचबाट सुरुको अवस्थामा पिसाबमा प्रोटिनको मात्रा लिक भएको छ कि छैन भन्ने पत्ता लगाइन्छ ।

आजको कारोबार दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया