Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले संविधान निर्माण प्रक्रियामा समेत अवरोध गरेको खुलासा गरेका छन् ।

प्रेस चौतारी नेपाल ललितपुर जिल्ला शाखाले दशै, दीपावली, छठ, नेपाल सम्बत, ल्होसार लगायतका चाडपर्वको अवसरमा बुधबार लगनखेलमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले यस्तो खुलासा गरेका हुन् । आफू शक्तिशाली हुने गरी संविधान निर्माण हुनुपर्ने भन्दै कार्कीले दबाब दिएको नेम्वाङले स्मरण गरे । दबाब नमानेपछि कार्कीले पदीय जिम्मेवारीको समेत चरम दुरुपयोग गरेको उनले आरोप लगाए । ‘लोकमानले आफू शक्तिशाली हुने गरी संविधानको मस्यौदाका क्रममा अख्तियारको कार्यक्षेत्रबाट अनुचित कार्य भन्ने शब्द हटाउन नदिने दबाब दिएका थिए,’ नेम्वाङले भने, ‘उनको चाहना अनुसार नभएपछि संविधान मस्यौदा समितिका सचिव रविराज अर्याललाई अख्तियारले चिठी काटेर बयान लिने काम पनि गरेको थियो ।’ subash da

कार्कीले संविधान निर्माणका क्रममा विभिन्न तरिकाले आफू बलियो बन्ने उद्देश्यका साथ अनुचित रुपमा पदको दुरुपयोग गर्दै अघि बढेको उनले बताए । दलहरुले त्यसलाई अस्वीकार गरेपछि लोकमानले संविधान मस्यौदा समितिका सचिवलाई अख्तियारमा बोलाएर बयान लिँदै गलत नियतले दुःख दिएको नेम्वाङले बताए । संविधान सभाका सदस्यलाई प्रभावमा पार्न नसकेपछि कार्कीले सचिवालयका कर्मचारीलाई अख्तियारको प्रयोग गरी वयान लिदै धम्क्याउन शुरु गरेका थिए ।

अख्तियारमा बयान दिन जाने कर्मचारीले अख्तियार प्रमुखले भनेबमोजिम काम नगरेकाले अख्तियारले चिठी काटेको भन्दै धम्क्याउने गरेको नेम्वाङले बताए । कार्कीको यस्तो पदीय दुरुपयोगका बारेमा सर्वदलीय बैठक बोलाएर संविधान निर्माणमा अवरोध गरेको भनेर सार्वजनिक गर्ने तयारी गरेपछि अर्याललाई मुद्धा मामिलाबाट मुक्त गर्न अख्तियार बाध्य भएको उनले बताए । आजको राजधानी दैनिकमा खबर छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया