Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले तिहारअघि नै टेकूस्थित फोहोर स्टेसनबाट निकालिएको ग्यासबाट बत्ती बाल्न सुरु गर्ने भएको छ । गतवर्ष नमूना परीक्षणका रूपमा दैनिक तीन टन फोहोर जम्मा गर्दै आएको महानगरपालिकाले फोहोरबाट निस्किएको ग्यासबाट बत्ती बाल्न लागेको हो । bulb-light-nepal

गएको असारदेखि उक्त ठाउँमा बत्ती बालिने भनिएको भए पनि भारतबाट मेसिनरी सामग्री र प्राविधिक नआएकाले केही ढिला भए पनि आउँदो साता भने प्राविधिक आउने निश्चित भएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले यही साता भारतबाट मेसिन र प्राविधिक आएपछि फोहोरबाट निस्केको ग्यासलाई विद्युत्मा परिणत गरेर बत्ती बाल्ने तयारी गरेको जानकारी गराउनुभयो । उत्पादित विद्युत् टेकूका सडकबत्ती र टेकूस्थित महानगरको फोहोर ट्रान्पोर्टेसन क्षेत्रमा प्रयोग गरिने र परीक्षणपछि महानगरपालिकाबाट निस्कने सबै फोहोर प्रशोधन गरी बिजुली निकालिने कार्कीले बताउनुभयो ।

एकीकृत दिगो फोहोरमैला व्यवस्थापन प्रवद्र्धन परियोजना सम्पन्न गर्न करिब सवा तीन करोड रुपियाँ छुट्याइएकोे र यस अन्तर्गत युरोपियन युनियनको ८० प्रतिशत तथा महानगरपालिकाको २० प्रतिशत लगानीमा परियोजना सञ्चालन भइरहेको छ । कार्कीले भन्नुभयो,‘पहिलो प्राथमिकता भनेको फोहोरबाट बायोग्यास र त्यसबाट बिजुली निकाल्ने नै हो, यो पाइलट प्रोजेक्ट हो, सफल भए अन्य क्षेत्रका साथै देशभर विस्तार गर्न सकिन्छ ।’

महानगरपालिका अन्तर्गतको वातावरण महाशाखा अनुसार तीनवर्षे परियोजना अन्तर्गत महानगरको वडा नंं. १२ र १९ मा जैविक फोहोर छुट्ट्याउने काम भइरहेको छ । महानगरपालिकाले वार्षिक करिब ५० करोड रुपियाँ फोहोर व्यवस्थापनमा खर्चिंदै आएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया