Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – कांग्रेसमा लोकमान सिह कार्की महाअभियोग प्रक्ररण एमालेको अहंकार भएको भन्दै निर्णय लिदा सबै पक्ष हेरेर अघि बढ्नु पर्ने धारणा आएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश सदस्यले कार्की आफैमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि उपयुक्त नभएको धारणा राख्दै एमाले र माओवादी केन्द्रले कांग्रेससँग सल्लाहनै नगरी अविश्वास प्रस्ताव दर्ता गर्नु गम्भीर भएको धारणा राखे ।

बैठकमा सुरुमा बोल्दै केन्द्रीय सदस्य शेखर कोइरालाले लोकमानसिह कार्कीको अख्तियारमा नियुक्तिकै बेलामा आफूले विरोध गरेको तर त्यतिबेला आफ्नो कुरा सनुवाई नभएको भन्दै अहिले एमालेले संवैधानिक संकट निम्त्याउने गरी दर्ता गरेको अविश्वासको प्रस्ताव समर्थन गर्न नहुने धारणा राख्नुभयो ।

‘मलै सुरुमा पनि लोकमानलाई अख्तियारमा नियुक्ति गर्न हुदैन भनेको हो, त्यतिवेला मेरो कुरा कसैले सुनेन’ कोइरालाले बैठकमा भने, ‘म व्यक्तिगत रुपमा पनि लोकमानलाई र उसको कार्यशैलीलाई मनपराउदिन तर अहिले आएको अविश्वास प्रस्ताव संवैधानिक संकट ल्याउनका निम्ती भएकाले आवेगमा आएर हामी पक्षमा जानु हुदैन ।

तपाईको प्रतिक्रिया