Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – लागूपदार्थ एम्फेटाइन बनाउने कच्चपदार्थका रूपमा रहेको स्युडोएफेड्रिन तस्करीमा थप दुई औषधि कम्पनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरी अनुसन्धानपछि औषधि व्यवस्था विभागले यी कम्पनीको जीएमपी समेत निलम्बन गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । लागूऔषध नियन्त्रण व्युरोका अनुसार मधुसूदन अग्रवालका नाममा रहेको एसआर फर्मास्युटिकलल्स र उनका भाइ अमित अग्रवालले सञ्चालन गरेको टोरेस फर्मा ल्यावले अवैध रूपमा स्युडोएफेड्रिन तस्करी गरेको आरोपमा अनुसन्धान अगाडि बढेको छ ।

मधुसुदन अग्रवाल पूर्वसभासद् हुन् । व्यूरो र विभागले दुवै औषधि कम्पनीमा छापा मारेर फाइल कब्जा गरेपछि अग्रवाल दाजुभाइका सपरिवार फरार छन् ।

तपाईको प्रतिक्रिया