Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – चीनको उद्योग वाणिज्य प्रशासन हेर्ने मन्त्री झाङ माओले नेपालमा लगानी गर्न चिनियाँ इच्छुक रहेको बताउनुभएको छ । यसका लागि लगानी संरक्षणको सुनिश्चितता हुनुपर्ने उहाँको भनाइ छ ।

नेपालको विकास निर्माणमा चीन पर्याप्त सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग भएको भेटवार्तामा मन्त्री माओले चीनले गरेको आर्थिक उन्नतिबाट नेपालले प्रशस्तै फाइदा लिन सक्ने बताउनुभयो ।

औद्योगिक क्षेत्रमा चीलने हासिल गरेको विज्ञतालाई नेपालले उपयोग गर्न सक्ने उहाँको भनाइ छ । द्विपक्षीय भेटवार्तामा नेपाल चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनियाँ सहयोगका विषयमा छलफल भएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया