Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – काठमाडौँ उपत्यकाका तीन जिल्लाका भूकम्पपीडितसँग अनुदान सम्झौताको काम सुरु हुन अझै केही दिन लाग्ने भएको छ ।
उपत्यकाका तीन जिल्लाका चार सय वडामध्ये १३ वटा वडाका तथ्याङ्क अझै प्राप्त नभइसकेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेशराज वस्तीले जानकारी दिनुभयो ।

वस्तीका अनुसार बाँकी वडाको तथ्याङ्क आएपछि वडागत रूपमा तथ्याङ्कलाई छुट्याएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा अध्ययन र प्रमाणीकरणका लागि पठाइन्छ ।

प्राधिकरणबाट प्रमाणित भएर आएका लाभग्राहीको सूची सम्बन्धित जिल्ला समन्वय समितिमा पठाएपछि अनुदान सम्झौताको कार्य थालिनेछ ।

प्राधिकरणलाई प्राप्त तीन जिल्लाको गरी करीब ५५ हजार लाभग्राहीको सूची प्रमाणित गरेर नाम प्रकाशित गर्न र सम्झौता कार्य अगाडि बढाउन केन्द्रीय आयोजना इकाइलाई निर्देशन दिइसकिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा करिब एक लाख १५ हजार ८०३ भूकम्पपीडितको लगत सम्परीक्षण सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया