Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले एजेन्डा नखुलाई केन्द्रीय कार्यसमिति बैठक बिहीबार बोलाएपछि पदाधिकारी प्रस्ताव हुने धेरैले अपेक्षा गरेका छन् ।

उहाँ निकट स्रोतले भने पदाधिकारी मनोनयन गर्ने देउवाको तयारी झनै पर धकेलिएको जनाएको छ । पदाधिकारी मनोनयनका विषयमा धेरै टीकाटिप्पणी उठ्न थालेपछि देउवा तत्कालका लागि उपसभापति थाँती राखेर महामन्त्री र सहमहामन्त्रीको मनोनयन प्रक्रिया अघि बढाउने तयारीमा जुट्नुभएको थियो ।

उपसभापतिमा विमलेन्द्र निधि र खुमबहादुर खड्काको मुख्य दाबी रहँदै आएको छ । देउवा निधिलाई उपसभापति बनाउने पक्षमा छन् । त्यसै कारण निधि सरकारमा रहुन्जेल उपसभापति थाँती राखेर महामन्त्री र सहमहामन्त्रीको प्रस्ताव लैजाने सुरमा देउवा लाग्नुभएको हो ।

तर आफूलाई उपसभापति बनाउन दबाब दिदैं आएका खड्काले उपसभापति थाँती राखेर महामन्त्री र सहमहामन्त्रीको मात्रै मनोनयन प्रक्रिया स्वीकार नगर्ने चेतावनी दिनुभएको छ । जसका कारण पदाधिकारी मनोनयन प्रक्रिया तत्काल अघि नबढ्ने करिब निश्चित भएको हो ।

तपाईको प्रतिक्रिया