Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

money

काठमाडौं – तपाईको खल्तीमा कति रुपैयाँ छ ? त्यो आफैं जान्नुस् । नेपाल राष्ट्र बैंकले चलन चल्तीमा ल्याएका नोट सबै नेपालीलाई बराबरी बाँड्ने हो भने एकजना नेपाली नागरिकको भागमा साढे १५ हजार रुपैयाँ परेको छ ।
नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार ३० असोज २०७३ मा ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरका नोट चलन चल्तीमा छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या २ करोड ८० लाख छ । यो तथ्यांक अनुसार एकजना नेपालीको भागमा १५ हजार ५ सय ३५ रुपैयाँ परेको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए ।
राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर बजारमा पठाएका र पुनः राष्ट्र बैंक नफर्केका नोटलाई चलन चल्तीमा रहेका नोट भनिन्छ । यसमा बैंक तथा बित्तीय संस्था, सहकारी संस्था तथा एटिएम मेसिनमा रहेका नोटसमेत गणना हुन्छ । राजधानी दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया