Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – प्रमुख प्रतिपक्षी एमालेले शनिबार गरेको चियापानले राष्ट्रिय राजनीतिको माहोल तताएको छ ।

दशैं, तिहारलगायत राष्ट्रिय पर्वका अवसरमा अध्यक्ष केपी ओलीले गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा भेट भएका शीर्ष नेताहरूले संविधान कार्यान्वयन र संविधान संशोधनका मुद्दामा अबको राजनीतिक माहोल केन्द्रित हुने प्रस्ट सन्देश दिनुभएको आजको नयाँ पत्रिकामा समाचार छ । सत्तारुढ काँग्रेसका नेताहरूले एमालेसहितको सहमतिमा संविधान कार्यान्वयन र संशोधन प्रक्रिया अघि बढ्ने सन्देश दिएका थिए ।

एमाले नेताहरूले पनि मिलेर अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । अघिल्लो सरकारको नेतृत्व गरेकोबेला सम्बन्ध चिसिए पनि मधेसी मोर्चाका नेताहरु एमालेको चियापान कार्यक्रममा सहभागी भए । तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायत मधेसी नेताहरु चियापानमा सहभागी भएर एमाले नेताहरुसँग अबको राजनीतिक निकासबारे छलफलसमेत गर्नुभएको थियो ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, रामसपाका अध्यक्ष शरतसिंह भण्डारीलगायतका नेताहरु भने चियापानमा देखिनुभएन् ।

तपाईको प्रतिक्रिया