काठमाडौंं – पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशुली नदीमा खसेको छ । नारायणघाटबाट काठमाडौं आउँदै गरेको बा ९ च १५३१ नम्बरको गाडी चितवनको दाह्रेचोक गाविसको घोप्टेभिरबाट त्रिशुली नदीमा खसेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । गाडीको खोजी भइरहेको छ । गाडीमा घिमिरेसहित सात जना सवार थिए । चार जनाकाे उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।