Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा विभिन्न संघ संस्थाले राजधानीसहित देशका विभिन्न स्थानमा कार्यक्रम गरे पनि पार्टी केन्द्रीय समितिले भने कुनै कार्यक्रम गरेन ।

पार्टीका सबै जिल्ला समिति र मातहतका निकायलाई बिपीको १ सय २ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाउन निर्देशन दिए पनि केन्द्रले भने कुनै कार्यक्रम नराखेको हो । पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरू नेपाल विद्यार्थी संघ र बिपी संग्राहलयले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभयो । तर, केन्द्रीय समितिले छुट्टै कुनै कार्यक्रम आयोजनाको आवश्यकता ठानेन । त्यति मात्र होइन केन्द्रीय कार्यालयमा आयोजना गरेको बिपी कोइरालाको तस्बिरमा माल्र्यापणमा पार्टीका नेता मात्र होइन, मुख्यसचिव पनि उपस्थित भएनन् ।bp-2

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बिपी कोइरालाको जन्मजयन्तीमा कार्यक्रम गर्न मातहतका सबै निकायलाई परिपत्र गरेको बताउनुभयो । पार्टीका नेताहरू अन्य कार्यक्रममा नै सहभागी भएको जनाउँदै केसीले केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीले मात्र बिपीको तस्बिरमा माल्र्यापण गरेको जानकारी दिनुभयो । ‘मुख्यसचिवको मिसेस बिरामी हुने भएकाले आउन ढिलाभयो,’ केसीले भन्नुभयो, ‘सबैभन्दा पहिलो बिपीको तस्बिरमा माल्र्यापण गर्ने मै भए ।’ तर, शुक्रवार नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै काँग्रेस नेताहरूले बिपी कोइरालाको मेलमिलापको नीति अनुसार नै दलीय सहमति कायम गरेर नयाँ संविधान कार्यान्वयनमा जुट्ने बताउनुभयो ।

संविधान कार्यान्वयनको अर्को विकल्प नभएको जनाउँदै सभापति शेरबहादुर देउवा, पूर्व महामन्त्रीहरु विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलासहितका नेताहरूले २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन् । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनपछि मात्र संविधानको पहिलो चरणको कार्यान्वयन पुरा हुने जनाउँदै नेताहरूले संविधानलाई सर्वस्वीकार्य बनाएर चुनावमा जाने प्रयास भइहरको बताउनुभयो । काँग्रेस सभापति देउवाले संविधान कार्यान्वयनका लागि समय नभएको जनाउँदै त्यसका लागि समय कम भएको बताउनुभयो । ‘काम धेरै छ,’ उनले भने, ‘तीनै चरणको निर्वाचन सम्पन्न गर्न दलीय सहमति आवश्यक छ ।

संविधानप्रति असन्तुष्ट पक्षलाई पनि मनाउनु पर्नेछ ।’ त्यसअघि शुक्रबारै गत वर्षको वैशाख १२ गतेको भूकम्पले भत्किएको बिपी संग्रहालय पुनर्निर्माणको शिलान्यास गर्दै देउवाले संविधान कार्यान्वयनले मात्र बिपी कोइरालाले परिकल्पना गरेर मार्गमा मुलुक अघि बढ्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया