Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भारत र चीनसँग एमाले नेतृत्वको सकरारले गरे भन्दा भन्दा राम्रो कुनै सम्झौता गरेर देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती दिनुभएको छ ।

भारत भ्रमणको तयारीमा रहेको दाहाललाई ओलीले आफ्नो सरकारले गरेका दुई देशसँगको सम्झौताको फहेरिस्त बताउँदै त्यो भन्दा उच्चस्तरको कुनै सम्झौता हुन्छ कि हुँदैन हेर्न चाहेको उल्लेख गर्नुभयो । ‘म भन्दा अघिको सककारले भारतसँग सम्बन्ध विगारेको थियो, नाकाबन्दी भएको थिए तराईमा आगो बलेको थियो, मैल आएपछि सबै हट्यो भारतको राजकीय भ्रमण भयो, विसाखापट्नम बन्दरगाह सञ्चालन लगायतका सम्झौता भए, चीनसँग पनि सम्झौता भए अनि मैले नै सम्बन्ध बिगारेँ ?’ एमाले युवा तथा खेलकुद विभागले शुक्रवार राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले भन्नुभयो,‘सम्बन्ध सुधारेको भाषण गर्नेहरुले त्यो भन्दा राम्रो सम्झौता गरेर देखाए हुन्छ ।’ prachanda-kp-oli

भारत र चीनको बाटो हुँदै समुद्रसम्मको पहुँच राख्ने गरी ढोका खोल्नु असन्तुलित सम्बन्ध हो भन्दै ओलीले प्रश्न गर्नुभयो । आजको कान्तिपुर दैनिकमा खबर छ । उहाँले दाहाल नेतृत्वको सरकार अन्त कतैको डिजाइनमा बनेको आरोप लगाउदै यसले संविधान कार्यान्वन हुन नदिएर मुलुकलाई अप्ठेरो पार्ने दिशातर्फ अघि बढिरहेको जिकिर गर्नुभयो । ‘यो सरकार ‘इिजाइन समह्वेयर, एसेम्बल्ड इन नेपाल’ हो’ उनले अमेरिकी कम्पनी एप्पलको आइफोनको उदाहरण दिँदै भन्नुभयो,‘ संविधानको कार्यान्वयनलाई धरापमा धकेकल्दैछ, सहमतिको होइन भिडन्तको राजनीतितर्फ जान चाहिरहनुभएको छ ।’

अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्री दाहालले बिहीबार गरेको सम्बोधनलाई मयूरको प्वाँख लगाएर मान्छे नाच्ने नक्कली मयूर नाचको संज्ञा दिनुभयो । ‘हिजो (बिहीबार) संसदमा भाषण भनौं कि मयूर नाच त्यस्तै चीज देखियो,’ अध्यक्ष ओलीले भने,‘न चीनिया राष्ट्रपतिको भ्रमणको कुरा कुरा आयो, न भारत भ्रमण एक जना उप्रधानमन्त्री फास्टट्रयाक यसो उसो गरिन्छ भन्दैछन् त्यसबारे पनि केही आएन विकास कसरी गर्ने भन्ने कुरै छैन ।’

तपाईको प्रतिक्रिया