Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – संविधान कार्यान्वयनसम्बन्धी महत्त्वपूर्ण विधेयक पारित गर्ने कार्यसूचीमा संसद बैठक चलरहेको बेला शुक्रवार मध्याह्नतिर नयाँ बानेश्वरस्थित संसद भवनको पार्किङमा कडा सुरक्षा घेरा पार गर्दै दुई वटा हरियो नम्बर प्लेटका माइक्रो बस थिए ।

सधैँ निझी र सरकारी नम्बर प्लेटक सवारी साधनले खचाखच हुने क्षेत्रमा ठडिएका यी विशेष सवारी बारे खासै कसैले चासो दिएनन् । सांसद, पत्रकार र कर्मचारीका साधनमा समेत संसद सचिवालयबाट जारी प्रवेश पास चाहिने क्षेत्रमा भित्र्याइएका ती पर्यटकवाहक माइक्रो बसको रहस्य त्यतीबेला खुल्यो, जब संसद बैठकमा गणपुरक सङ्ख्या नपुगेर उच्च अदालत गठनका लागि अत्यावश्यक विधेयक पारित गरियोस् भनी प्रस्ताव निर्णयार्थ पेस हुन सकेन ।

संसदको कार्यव्यवस्था शाखाका अनुसार शुक्रवारको बैठकमा ३ सय ६६ सांसदले उपस्थथितिको हाजिर गरेका छन् । संविधानसभाबाट रूपान्तरित भई ५ सय ९५ सदस्य रहेको सदनमा सांसदहरूको यो उपस्थिति आफैँमा ज्यादै न्यून हो ।

उपस्थितिमध्ये पनि २ सय ४० सांसद त कार्यसूचीको सर्वाधिक महत्त्वपूर्ण विषय आउनुअगावै सदन बंक गरिसकेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया