Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – भूकम्पमा क्षतिग्रस्त बनेको पशुपति परिसरका मठमन्दिर बनाउने जिम्मा भारतीयलाई दिने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले फिर्ता गरिदिनुभएको छ ।

पशुपति मन्दिर परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जीर्णोद्धारका लागि भारत सरकारलाई अनुमति दिन सरोकारवाला निकायबीच केही दिन अघि सहमति भएको थियो । बुधवार नेपाल पर्वतारोहण सङ्घको २६ औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री शाहीले पशुपति क्षेत्रभित्रका मन्दिरसमेत बनाउने गरी भारतीय प्रस्ताव आएको बताउँदै आफूले त्यो प्रस्ताव फिर्ता गरेको बताउनुभएको आजको कारोबार दैनिकमा खबर छ ।

उहाँले पशुपति नेपालको धरोहर भएको भन्दै मन्दिरको भित्री क्षेत्रको निर्माण नेपाल सरकार आफैँले गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया