Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – बेलायतको फौजदारी अदालतले मंगलबार यातनासम्बन्धी मुद्दामा सफाइ दिएसँगै नेपाली सेनाका महासेनानी कुमार लामा नेपाली दूतावासमा हाजिर हुनुभएको छ । लामा बुधबार दूतावासमा हाजिर हुनुभएको हो । ट्राभल डकुमेन्ट बनाएर उहाँ एक साताभित्रै नेपाल आउनुहुनेछ ।

‘महासेनानी कुमार लामा बेलायतस्थित नेपाली दूतावासमा हाजिर हुनुभएको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयका सहनिर्देशक महासेनानी रामनाथ शर्मा ढुंगानाले भन्नुभयो,‘उहाँको ट्राभल डकुमेन्ट बन्छ र स्वदेश आउनुहुन्छ ।’ लामाले स्वदेश फर्किएपछि सेवामा निरन्तरता दिनुहुनेछ । उहाँले बुधबार बेलायतबाट नेपालस्थित विभिन्न पदाधिकारीलाई टेलिफोन गरी आफूलाई विगतमा गरेको सहयोगप्रति धन्यवाद दिनुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । तीन वर्षअघि बेलायतमा पक्राउ पर्नुभएका महासेनानी लामाले यातनासम्बन्धी मुद्दामा सफाइ पाउनुभएको थियो । kumar-lama

१९ पुस ०६९ मा उनी बेलायतमा पक्राउ पर्नुभएको थियो । उहाँ लन्डनको इस्ट ससेक्सस्थित घरमा नजरबन्दमा हुनुहुन्थ्यो । बेलायती नागरिकता पाएकी श्रीमती लक्ष्मीको नाममा रहेको सोही घरबाट उहाँ समातिएका थिए । दक्षिण सुडानमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा लियाजोन अफिसरका रूपमा कार्यरत लामा परिवार भेट्न बेलायत जाँदा पक्राउ पर्नुभएको थियो । नेपालको एड्भोकेसी फोरम र बेलायतको हिकम्यान्ड एन्ड रोज सोलिसिटर्सको उजुरीका आधारमा लामा पक्राउ पर्नुभएको हो । त्यतिवेला फोरमकी कार्यकारी निर्देशक मन्दिरा शर्मा पनि लन्डनमा हुनुहुन्थ्यो ।

०६२ मा गोरुसिंगे ब्यारेकमा गणपति हुँदा स्थानीय जनकबहादुर राउत र करम हुसेनलाई ६ महिना गैरकानुनी हिरासतमा राखेर चरम यातना दिएको आरोपमा लामा समातिनुभएको थियो । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले उहाँको रिहाइका लागि कूटनीतिक प्रयास गर्दै कानुनी प्रक्रियामा लाग्ने सबै खर्च व्यहोर्ने निर्णय गरेको थियो । तत्कालीन सरकारले नेपालका लागि ब्रिटिस राजदूतलाई बोलाएर अप्रसन्नता व्यक्त गरेको थियो ।

त्यसपछि तत्कालीन परराष्ट्रसचिव अर्जुनबहादुर थापा र प्रधानसेनापति गौरवशमशेर राणा बेलायत भ्रमणमा जाँदा लामाको रिहाइका लागि प्रयास गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया