Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधिन फाष्ट–ट्रयाक नेपाल आफैले बनाउनुपर्ने बताउनुभएको छ । उहाँले नेपाल बाहेक अरूलाई दिँदा त्यसले देशको हित नगर्ने भएकोले स्वदेशी पुँजीमा नै यो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यो निर्माणमा विदेशीलाई दिन ठुलो चलखेल भएको पनि बताउनुभएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । नेपालले यो निर्माण गर्ने जिम्मा विदेशी कम्पनीलाई दिनमा नेपाली काँग्रेस र केही कर्मचारी (ब्युरोक्रेसी) लागेको समेत आरोप लगाउनुभयो । ‘फाष्ट–ट्रयाक बनाउने निर्णय, शिलान्यास गर्ने काम म प्रधानमन्त्री भएको बेला गरेको हुँ । त्यही बेला यसको अन्तर्राष्ट्रिय टेण्डर दिएर यसको डिपिआर तयार गर्ने काम थालियो ।

तर, सरकार परिवर्तन भएपछि यो काम अगाडि बढन सकेन । सुशील कोइराला नेतृत्वको सरकारले पछि जुन सर्तमा जुन कम्पनीलाई दिन खोजियो त्यो पुरै देशको अहितमा थियो,’ नेपालले भन्नुभयो । ‘त्यसमा देशलाई नै ध्वस्त पार्ने अकुत भ्रष्टचारका योजना थिए । सुरुदेखि नै मैले त्यसको विरोध गरेँ । हाम्रो पार्टीले पनि पछि त्यसको विरोध गर्‍यो । पछि केपी ओली नेतृत्वको सरकारले केही ढिला गरेर भए पनि सरकारले नै त्यो बनाउने राम्रो निर्णय गर्‍यो ।’

अहिलेका प्रधानमन्त्रीले पनि यसलाई नेपाल सरकारले नै बनाउँछ भन्ने कुराले नेपालले नेपाली काँग्रेसभित्र देशभक्तिको भावना हुँदै नभएको कारण यसभित्र भ्रष्टचार बाहेक अरू केही नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया