Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ –३० भदौ देखि २ असोजसम्म भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री प्रचण्डले मन्त्री र सरकारी उच्च पदाधिकारीहरुसँग छलफल गरेका छन्, तर एजेन्डा टूंगो लगाउन बाँकी छ ।

प्रचण्डले भारत पुगेर छलफल गर्ने एजेन्डाबो सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसँग आइतबार ‘ब्रिफिङ’ लिनुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको बुँदा :
माथिल्लो कर्णाली, अरुण तेस्रोसहित जलविद्युत आयोजनको अवस्था, यसमा नेपालको धारणा स्पष्ट पार्ने
प्रर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी विषयको कार्यान्वयन
नौमुरे जलविद्युत योजना निर्माण वा यसको विकल्प खोज्ने प्रस्ताव
पञ्चेश्वरको डिपिआरमा अन्तिम निर्णय
दुई देशीय लाइन निर्माणको प्रगति
हुलाकी सडक निर्माणको अवस्था
भूकम्प पीडितको घर पुनर्निर्माणमा भारतीय सहयोगको कार्यान्वयन, थप सहयोग
सीमावर्ती क्षेत्रमा भारतले बनाएको बाँधबाट सिर्जित समस्या समाधानका लागि संयुक्त टिम निर्माणसहितका विषय
भारतको सहयोगमा बन्ने भनेको प्रहरी एकेडेमी निर्माण

तपाईको प्रतिक्रिया