Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन न्यु योर्क जाँदा अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेटवार्ता गर्नुहुने भएको छ ।prachanda-obama

काठमाडौँ आउनुभएकी अमेरिकी सहायक विदेशमन्त्री निशा देखाई विश्वालले प्रचण्ड र ओबामाबीच बेग्लै दुई पक्षीय वार्ता हुने जानकारी दिनुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । विश्वालले आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटेर उक्त जानकारी दिनुभएको हो ।

‘नेपाल र अमेरिकाको कार्यकारी प्रमुखहरुको तहमा डेढ दशकयता दुईपक्षीय भेटवार्ता भएको छैन, यसपालि राष्ट्रपति ओबामासँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ, यसबारे दुवै पक्षले तयारी गर्नेछन्,’ कुटनीतिक स्रोतले भन्यो । प्रधानमन्त्री प्रचण्ड ३ देखि १२ असोजम्म न्यूयोर्कमा हुनुहुनेछ ।

राष्ट्रपति ओबामाले महासभामा हसभागी सरकार–राष्ट्रप्रमुखलाई आयोजना गर्ने रिसेप्सनमा प्रधानमन्त्री प्रचण्ड सरिक हुनुहुनेछ ।

तपाईको प्रतिक्रिया