Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

Prachanda-with-modi

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आउँदो ३१ गते नयाँदिल्लीमा द्विपक्षीय औपचारिक वार्ता तय भएको छ ।
सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार हैदरावादहाउसमा भएको भेटवार्तामा उक्त मिति तय भएको बताइएको छ । भेटवार्तापछि मन्त्री निधिले साँझ बीबीसी नेपाली सेवासँग कुरा गर्दै ‘दाहालले भदौ अन्तिम साता भारतको औपचारिक भ्रमण गर्ने र सोही क्रममा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने’ जानकारी दिए ।
दाहालको भ्रमणपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने पनि निधिले जनाए । त्यसपछि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जानेछिन् । निधि र मोदीबीचको भेटवार्तामा संविधान कार्यान्वयनका विषयमा पनि छलफल भएको बताइएको छ । मोदीले संविधान संशोधनमा भारतले सघाउने र संविधान संशोधनमार्फत् यसमा रहेका असन्तुष्टि सम्बोधनमा सहयोग गर्ने बचन पनि दिएका छन् । भेटमा उपप्रधानमन्त्री निधिले सबै पक्षका अपेक्षा समेटिने गरी संविधान कार्यान्वयन गर्नु नयाँ सरकारको उच्च प्राथमिकता भएको बताएका थिए । नागरिक दैनिकमा समाचार छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया