Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – पूर्वयुवराज पारस शाहका सहयोगी सुनिल खड्काले नेतृत्व गरेको मातृभूमिका लागि युवा अभियान नेपाल पार्टी र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकीकरण भएको छ । sunil-khadka

नयाँ शक्तिका संयोजक भट्टराईले खड्काको पार्टीसँग ६ बुँदे सहमति भएको आजको राजधानी दैनिकमा खबर छ । खड्का लामो समयदेखि थाइल्यान्डमा बस्दै आएका नेपाली हुन् । पूर्वयुवराज पारस शाह नेपाल छाडेर थाइल्यान्ड पुग्दा खड्काले पारसको व्यवस्थापन तथा उपचारमा विशेष सहयोग गरेका थिए । शाह थाइल्यान्डमा जेल पर्दा र बिरामी परेको अवस्थामा समेत आफूले सहयोग गरिरहेको भनेर खड्काले मिडियासँग अन्तर्वार्ता समेत दिएका थिए ।

दरबारनिकट रहेका भनिएका खड्कासँग भट्टराईले नयाँ संविधानको उपलब्धि तथा गणतन्त्र धर्मनिरपेक्षता र समानुपातिक समावेशी एवं सहभागितामूलक लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई आत्मसात् गर्दै नेपाली समाजको आर्थिक समृद्धि नेपाली जनताको सुख र खुसीप्राप्ति प्रवद्र्धन र संवद्र्धन गर्ने सहमति गर्दै पार्टी एकता गरेका हुन् ।

भट्टराई र खड्काले हस्ताक्षर गरेको ६ बुँदे सहमतिपत्रमा नयाँ शक्तिले अख्तियार गरेको राजनीतिक मान्यताप्रति पूर्णरूपमा सहमत भएकाले पार्टी समायोजन गरिएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया