Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – तिब्बतको रुइढाक्यामा तीनदिने ब्रत पूजामा सहभागी हुन गएका गोरखा सामा गाउँका बासिन्दा पूजा सकेर गाडी चढी फर्किए ।

तिब्बती क्यालेन्डर अनुसार ६ महिनाको ४ गतेका दिन आयोजना भएको व्रत र पूजामा सहभागी हुन गएका स्थानीय ३० जना साभा गाउँका बासिन्दा ट्रक चढेर गाउँको सीमाको ३५ नम्बर पिल्लरसम्म आउन पाउँदा खुसीको सीमा नरहेको खबर आजको अन्नपूर्णमा खबर छ ।

‘गाउँका मान्छे पहिलोपटक गाउँमै मोटर चढ्न पाउँदा धेरै खुसी भए,’ साम्दोका निमा दोजीले भने, ‘गाउँमै यसी गाडी चढ्न पाइएला भनेर कसैले सोचेका थिएन । तर, चीन सरकारले गाउँको सीमासम्म मोटर बाटो बनाएर गाडी कुदायो ।’उनीहरू रुईढाप्कादेखि सामा गाउँ र तिव्वतको सीमामा रहेको ३५ नम्बर पिलरसम्म गाडी चढेर आएका हुन् ।

गत वैशाखमा सडक निर्माण सम्पन्न भएको त्यहाँसम्म अहिले ट्रक, जिप, मोटरसाइकल चल्ने गर्छन् ।

तपाईको प्रतिक्रिया