Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – काभ्रेको विर्ता देउरालीमा सोमबार दुर्घटनाग्रस्त बसले रूट परमिट नै नलिइ बस सञ्चालन गरेको खुलेको छ । bus

यातायात व्यवस्था विभागले उक्त रूटमा हालसम्म सार्वजनिक यातायात सञ्चालन गर्न परमिट नै जारी नगरेको खबर आजको नयाँ पत्रिकामा खबर छ । विभागका निर्देशक वसन्त अधिकारीले दुर्घटनामा परेको बा ३ ख १०३ नम्बरको बसले काठमाडौँ – जिरी चल्न रूट परमिट पाएको थियो । ‘उक्त सडकमा सार्वजनिक बस चलाउने परमिट नै दिइएको छैन,’ अधिकारीले भन्नुभयो,‘ उक्त बसलाई काठमाडौँ – जिरी चलाउन परमिट दिइएको थियो ।’

धेरै पहाडी जिल्लामा रूट परमिट बिनै बस चल्दै आएको र ट्राफिक प्रहरीले कारबाही गर्न नसकेको उहाँले बताउनुभयो । बस चालकको लाइसेन्स पनि नक्कली भएको खुलेको छ । भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटना बढेपछि सरोकारवालासँग मन्त्रालयमै गरेको छलफलमा उक्त बसका चालकको लाइसेन्स नक्कली भएको आजको राजधानीमा खबर छ ।

तपाईको प्रतिक्रिया