Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – सुन्दा अचम्म लाग्न सक्छ । मुलुकको आन्तरिक र बाह्य सुरक्षा गर्ने तथा आवश्यक पर्दा रणनीतिक विकासका आयोजनाहरुलाई अघि बढाउने महत्त्वपूर्ण भूमिका पाएको नेपाली सेनाले घडेरी बेच्ने काममा पनि लागेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

सैनिक कल्याणकारी कोष अन्तर्गत रहेर सेनाले जग्गा खरिद गरेर त्यसलाई प्लटिङ गरी बिक्री वितरण गरिरहेको छ । सेनाले घडेरी योजना अन्तर्गत बहालबाला, अबकाश प्राप्त तथा लडाइमा मृत्यु भएका सैनिकका आश्रित परिवारहरुलाई किस्ताबन्दी र पूरा भुक्तानीमा जग्गा बिक्री गरिरहेको छ ।

यसका लागि सेनाले सुनसरीको इटहरीमा ११ सय ८ वटा, पोखराको फुलबारीमा ७२ र राधाकृष्ण टोलमा १ सय ५१ तथा चितवनको पिठुवामा २ सय ८९ गरी जम्मा १ हजार ६ सय ४४ वटा घडेरी बिक्री गरिसकेको छ ।

सेनाले सस्तोमा ठुलो परिणामको जग्गा किन्ने र त्यसलाई प्लटिङ गरी महँगोमा बिक्री गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया