Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रुपमा तीन महत्वपूर्ण सन्देश बोकी सोमबार चीन प्रस्थान गर्दैछन्।
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो, परिवर्तित राजनीतिक अवस्था तथा प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी बाटो र नेपाल–चीनबीचका सम्झौता सम्बन्धमा सरकारको प्रतिबद्धतासम्बन्धी स्पष्ट सन्देश लिएर महरा चीन जान लागेका हुन्। पाँच दिने चीन भ्रमणका क्रममा उनले मंगलबार गर्ने महत्वपूर्ण राजनीतिक भेटघाटका बेला ती सन्देश उनले चिनियाँ नेतालाई सुनाउने तथा हस्तान्तरण गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बेइजिङमा कुन नेतासँग महत्वपूर्ण भेटघाट हुने भन्नेबारे भने अझै टुंगो लागिसकेको छैन।
‘भ्रमणको विस्तृत विवरण आइसकेको छैन, उता बेइजिङ पुगेपछि प्राप्त हुन्छ,’ परराष्ट्र मन्त्रालय उत्तरपूर्वी महाशाखा प्रमुख झविन्द्र अर्यालले भने,‘भ्रमणका बेला महत्वपूर्ण राजनीतिक भेटवार्ता हुन्छ।’ विशेषदूत महराको साथ आर्यल पनि चीन जाँदैछन्। महराका सूचना तथा सञ्चारविज्ञ त्रिभुवन पौडेलका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका लागि पठाएको निम्तोपत्र विशेष दूतले हस्तान्तरण गर्नेछन्।  नागरिक दैनिकमा समाचार छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया