Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाम देखिने गरी रफ्तारमा काम गर्न चाहिरहेको घोषणा गर्नुभएको छ । एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व लिएकै दिन आफूसँग समय कम भएको बताएजस्तै दाहालले पनि समय कम भएकाले रातदिन खटेर जनताको पक्षमा काम गर्ने उद्घोष पदवहालीकै क्षणमा गर्नुभयो । prachanda

तर, उहाँले अझै मन्त्रिपरिषदलाई पूर्णता त के सरकारमा रहेका प्रमुख दुई दलबाटै मन्त्री बनाउन सकिरहेका छैनन् । आजको राजधानी दैनिकमा खबर छ । १९ साउनमा प्रधानमन्त्री निर्वाचित भई २० साउनबाट काम थालेका दाहालले मन्त्रीको अभावमा आफूले चाहेको गतिमा काम गर्न सकेका छैनन् । दाहालले प्रधानमन्त्रीको शपथ लिएकै दिन दुई उपप्रधानसहित ६ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए।

त्यसपछि प्रधानमन्त्रीले गत मंगलबार थप तीन विना विभागीय मन्त्री थपेका छन् । उनीहरूलाई बिहीबार मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिएर अघि बढ्न खोजे पनि उनले प्रमुख सत्तासाझेदार दल काँग्रेसबाट मात्र होइन, आफ्नै पार्टी माओवादी केन्द्रबाट पनि सरकारमा सहभागी हुने व्यक्तिको टुंगो लगाउन सकेका छैनन् ।

दुवै पार्टीमा आकांशक्षी धैरै हुँदा मन्त्रीको टुंगो लाग्न नसकेको हो ।

तपाईको प्रतिक्रिया