Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

काठमाडौँ – सिन्धुपाल्चोकको गिरान्चौरमा भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माण गरिरहेका कलाकारद्धय धुर्मुस–सुन्तलीलाई नेपाली सेनाले पनि साथ दिएको छ ।dhurmus_giranchaur_sindhupalchok

बस्ती निर्माणका लागि धुर्मुससुन्तली फाउण्डेशनले सहयोगको आह्वान गरेपछि सैनिक मुख्यालयको निर्देशनमा मेलम्चीको शत्रुभञ्जन गुल्मबाट गएको २६ जनाको टोलीले श्रमदान सुरु गरेको हो । उपसेनानी नेतृत्वको तालिमप्राप्त सेनाको टोलीले सामुदायिक भवन तथा ६ वटा घर बनाउन सहयोग गर्ने बताएको छ ।

बस्ती निर्माणका लागि सैनिक श्रीमती सङ्घले १४ लाख रुपैँया आर्थिक सहयोग गरेका थियो । दसैँअघि नै समुदायलाई बस्ती हस्तान्तरण गर्ने धुर्मुस सुन्तलीको योजना छ ।

सेनाको यस्तो सहयोगले आफूले सोचेको समयमै बस्ती हस्तान्तरण गर्ने आँट आएको धुमुर्स सुन्तलीले बताएका छन् ।

तपाईको प्रतिक्रिया