Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनको विधिवत् रूपमा सम्पन्न हुनुपर्ने माग गर्दै आमरण अनशन बसेका विद्यार्थी नेताहरू गणेश सापकोटा र रत्नहरि ढुङ्गेलको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । SAM_6015

अचानक अनशनरत विद्यार्थी नेताहरूको उच्च रक्तचाप र मिर्गौलामा समस्या देखिएपछि बागबजारस्थित काठमाडौँ मोडेल अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ, ‘अनशनरत विद्यार्थीका तर्फबाट आज जारी विज्ञप्तिमा भनिएको छ । उनीहरू आठ दिनदेखि नेपाली कांँग्रेसको केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बस्दै आएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा माग पूरा नहुन्जेलसम्म अस्पतालको श्ययाबाटै सङ्घर्ष गर्ने र आमरण अनशन नतोडी विधि विधानको पक्षमा अन्तिम समयसम्म दृढतापूर्वक सङ्घर्ष गर्ने प्रतिबद्धता गर्दै सम्पूर्ण लोकतन्त्रप्रेमी आमसमुदाय, नागरिक समाज र सञ्चारजगत्समक्ष सहयोगका लागि अपिल गर्दछौँ ।’

यसैबिच शनिवार बेलुका काँग्रेस नेता कृष्ण सिटौलाले अनशनरत विद्यार्थीहरूलाई भेट्नुभएको छ । भेटमा विद्यार्थीले आफ्ना मागका विषयमा पार्टीमा छलफल गरेर निकास दिन आग्रह गरेका थिए । जवाफमा सिटौलाले माग सम्बोधन गर्न आफूले प्रयास गरिरहेको बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया