Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – नेपाल विद्यार्थी संघ (नेबिसंघ) को विधिवत महाधिवेशनको माग सहित अनशनमा बसेका विद्यार्थी नेता गणेश सापकोटाको स्वास्थ्यमा समस्या देखिएपछि उँनकी श्रीमती गौरी पौडेलले जीवनरक्षाका लागि अपिल गरेकी छिन् । 13891925_763650680404542_6836254002482615530_n

विगत ६ दिनदेखि बिधिवत महाधिवेशन हुनुपर्ने, फर्जी प्रतिनिधि खारेज गरी नयाँ प्रक्रिया थाल्नुपर्ने लगायतका माग राखी नेबिसंघका नेता कुन्दराज काफ्लेको नेतृत्वमा आमरण अनशन थालेका बिद्याथी नेता सापकोटाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै उनकी श्रीमती पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत काँग्रेस सभापति शेरबहादुर देउवासमक्ष यस्तो अपिल गरेकी हुन् । अपिल पत्रमा भनिएको छ, ‘मेरा श्रीमान यसभन्दा अघि पनि अनशन बस्नुभो, माग पुरा गर्ने सहमति भएको थियो, अहिले फेरी पार्टीको आन्तरिक विवादका कारण अनशन बसेको ६ दिन भैसक्यो स्वास्थ्य अवस्था निकै बिग्रिएको छ ।’

उनले भावुक हुँदै लेखेकी छिन्,‘प्रजातन्त्रको खोजी गर्दा गर्दै तिमीहरुको बुबा ‘‘…….’’, मैले यी नावालकहरुलाई कसरी सुनाउन सक्छु ।’ उनले श्रीमानको मन जसरी पार्टीप्रतीसमर्पीत छ त्यसरी नै आफ्नो मन श्रीमान समक्ष आश्रित भएको बताउँदै अनशनमा गम्भीर भएका श्रीमानसहित रत्नहरि ढुंगेलको पनि जीवरक्षा गरिदिन पार्टीसमक्ष आग्रह गरेकी छिन् । उनले आफ्ना श्रीमान तलमाथि केही भएमा प्रजातन्त्र माग्दै आफूले समेत बलिदानी दिने चेतावनी समेत दिएकी छिन् । अनशनमा रहेका विद्यार्थी नेताहरूलाई महाधिवेशन निर्देशन समतिका संयोजक डा.प्रकाशशरण महत, सदस्य प्रदिप पौडेल लगायतका नेताहरूले भेटेर अनशन तोड्न आग्रह गरेपनि उनीहरूले माग पुरा नभएसम्म जारी राख्ने बताएका छन् ।

चिकित्सकले उपचार गर्नुपर्ने सल्लाह दिएपनि अनशनमा बसेकाहरु उपचार गर्न नमानेको नेबिसंघका नेता डिल्ली सुवेदीले जानकारी दिए । पार्टीले यही साउन २३ देखि २६ गतेसम्मका लागि महाधिवेशन तय गरेको छ । आन्तरिक विवादका कारण पार्टीको हस्तक्षेपका कारण काँग्रेसको नर्सरीका रूपमा रहेको नेबिसंघको विगत लामो समयदेखि हुन सकेको छैन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया