Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

लिस्बन – २०३ औँ भानु जयन्ती तथा अनेसास मासिक रचना वाचन समारोह भव्य रूपमा सम्पन्न भयो । 13912343_921242504672048_4735448122657310275_n

पोर्चुगलका नयाँ तथा पुराना साहित्यानुरागीहरु सँगको मिठो जम्काभेट तथा अन्य साहित्य प्रेमी ब्यक्तित्वहरु सहितको जमघटमा कविता, मुक्तक, गजल आदि वाचन गर्ने श्रस्टाहरु सुनिल संगम, बाइ वि गुरुङ, अनुराग कंडेल, श्याम सुबेदी, कृष्ण कडेल जिज्ञासु, रिया शर्मा, रामु सापकोटा, भुपती गैरे, कमल प्रसाद सापकोटा, प्रमोद अधिकारी लगायत दर्जन भन्दा बढी सहभागी हुनुहुन्थ्यो ।

साहित्यिक वातावरणमा सम्पन्न उक्त कार्यक्रम अनेसास पोर्चुगलका अध्यक्ष तथा गैह्र–आवासीय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष सुनिल संगम र गैह्र–आवासीय नेपाली संघ पोर्चुगलका कार्यवाहक अध्यक्ष राजन सेरचन द्वयले दीप प्रज्वलन गरी उदघाटन गरेका गर्नुभएको थियो भने भानुको तस्बिरमा फूलमाला चढाई श्रदा व्यक्त गरिएको थियो । 13882651_921242771338688_8607023736735066155_n

कार्यक्रममा अनेसास पोर्चुगलका उपाध्यक्ष बाइ वि गुरुङले उपस्थितहरुको लागि स्वागत मन्तव्य दिनुभएको थियो भने एनआरएन पोर्चुगलका कार्यबाहक अध्यक्ष राजन सेरचन, एनआरएन तथा अनेसास सचिव कृष्ण कडेल जिजासु र एनआरएन पोर्चुगलका कोषाध्यक्ष रुपक श्रेष्ठले आ–आफ्नो सान्दर्भिक मन्तब्यहरु व्यक्त गर्नुभएको थियो ।

अनेसास पोर्चुगल र एनआरएन पोर्चुगलद्वारा संयुक्त रूपमा आयोजित उक्त साहित्यमय कार्यक्रमको सभापतित्व अनेसास पोर्चुगलका अध्यक्ष सुनिल संगमले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया