Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – दुई दशकको अवधिमा भारतले बाँकेको सीमा क्षेत्रमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँधजस्तो सडक बनायो । लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण एक दशकभन्दा बढी समयदेखि राप्ती नदी आसपासका बासिन्दाले डुबान, कटान र पटान समस्या भोग्दै आएका छन् ।

हिरमिनिया, साइगाउँ र साधापुरमा दसगजासँगै सटाएर भारतले बाँधजस्तो सडक बनाउँदा नेपाली भूमि डुबाउन हुने समस्या निम्त्याएको आजको नागरिक दैनिकमा खबर छ । भारतले अन्तर्रा्ष्ट्रिय नियमविपरीत बाँध र सडक निर्माण गरेर नेपालको तराई क्षेत्रलाई डुबाउने नियत राखेको कुरा बाँकेका मधेस केन्द्रित दललाई राम्ररी थाहा छ । तर, उनीहरू भारतविरुद्ध खुलेर बोल्न चाहँदैनन् ।

मधेसी समुदायको हक अधिकारको कुरा गर्ने यी दलले भारतको बलजफ्ती विरुद्ध खुलेर नबोल्दा बाढी र डुवानपीडित आश्चर्यमा छन् । ‘मधेसी दलले मधेसी जनताका हक अधिकारलाई देखावटी मुद्दा मात्रै बनाए, जसले हामीलाई वर्षौदेखि डुबाएर राखेको छ, उसका विरुद्ध कहिल्यै बोल्ने आँट गरेनन्, हिरमिनिया–४ का डुवानपीडित गुरुदिन यादवले भने ।

भारतीय बाँधविरुद्ध अहिलेसम्म मधेसवादी दलका नेता कसैले पनि बोलेको उनले सुनेका छैनन् ।

तपाईको प्रतिक्रिया