Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – काठमाडौँ विश्वविद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको हस्तक्षेपबारे सत्य तथ्य पत्ता लगाउन सुशासन तथा अनुगमन समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको छ । 1469509909705_RoS_KTM_160726_IMG_9800

व्यवस्थापिका संसद सुशासन समितिको मंगलबार हस्तक्षेप गरेको विषयमा छानविन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा उदय नेपाली श्रेष्ठ, जनकराज जोशी, पदमनारायण चौधरी, नरसिंह चौधरी र मिलन राजवंशी रहनुभएको छ । काठमाडौँ विश्वविद्यालयको परीक्षामा हस्तक्षेप गरेको र चिकित्सा क्षेत्रमाका विकृतिमा अख्तियार जोडिएको विषयमा छलफल गर्दा छानविन गर्न आवश्यक देखिएकाले समिति गठन गरिएको बताइएको छ ।

सुशासन समितिको बैठकमा अख्तियार प्रमुखले पेस गरेको जवाफले पनि स्पष्ट हुन नसकिएकाले अब समितिले छानविन गरेर निष्कर्ष निकाल्ने स्रोतले जनायो । छानविन समितिले दस दिनभित्रमा के भएको हो भनी प्रतिवेदन सुशासन समितिमा पेस गर्नेछ ।

अख्तियारलाई लागेको आरोपबारे जानकारी दिन सुशासन समितिले मंगलबारको बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई बोलाइएपनि अस्वस्थताको कारण देखाउँदै कार्की बैठकमा जानुभएन् यद्यपि बैठकमा आयोगका कर्मचारीहरू भने समितिको बैठकमा पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया