Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – न्यायकैलागि पाँच वर्षदेखि अनशनरत गङ्गामाया अधिकारी अझै पनि न्याय पाउने आशामा हुनुहुन्छ । अठारौँ अन्तर्रा्ष्ट्रिय न्याय दिवसका अवसरमा अनशनरत गङ्गामायाले वीर अस्पतालको आफ्नो ७ नम्बरको क्याविनबाट आफू न्यायको आशामा अझै रहेको बताउनुभयो ।

विसं २०६१ जेठ २४ गते तत्कालीन नेकपा (माओवादी)ले आफ्नो कान्छो छोरो कृष्णप्रसादलाई अपहरण गरी हत्या गरेपछि पाँच वर्षअघिदेखि पिता नन्दप्रसाद र आमा गङ्गामाया अधिकारीले अनशन सुरु गर्नुभएको थियो ।

ganga

अनशन सुरु गरेको ३३३ दिनमा नन्दप्रसादको निधन भएपछि गङ्गामायाले एक्लै न्याय खोज्दै अनशनलाई निरन्तरता दिइरहनुभएको छ । गङ्गामायाले न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान लिएपछि नन्दप्रसादको शव अहिले पनि दाहसंस्कार गर्न सकिएको छैन ।

उहाँले भन्नुभयो, “मेरो काख र साथ खोसिएको छ । माओवादीले छोरा मा¥यो, काँग्रेसले श्रीमान्, तर म न्याय नपाइकन यहाँबाट निस्कन्न । वीरबाट निस्कनु परे की न्याय पाएर निस्कन्छु की मृत्युपश्चात् निस्कन्छु ।”

कृष्णप्रसाद हत्या आरोपमा १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गर्नासाथ तत्कालीन एनेकपा (माओवादी) नेताको विरोध र धम्कीका कारण पक्राउ परेका उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो ।

तपाईको प्रतिक्रिया