काठमाडौँ – सरकारले काठमाडौँबाट चीनको ल्हासासम्म सिधा पर्यटक बस सञ्चालन गर्ने सहमति गरेको छ ।
नेपाल तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधवार भएको बैठकले पर्यटक बस सञ्चालन गर्न यस अघि भएका सम्झौताको कार्यान्वयन गर्ने र पर्यटकीय सेवाका निम्ति उपयुक्त मोडलिटी तयार पारेर छिट्टै सिधा बससेवा सञ्चालन गर्ने सहमति गरेको पर्यटन विभागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिनुभएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
ढकालका अनुसार नेपाल र तिब्बतबीच पर्यटन प्रवर्धन र विकास गर्ने विषयमा दुवैको एकमत रहको छ । सिधा बससेवा सञ्चालन गर्ने एजेन्डामा १० वर्ष अगाडि नै समझौता भएको विषयम भए पनि यसलाई कार्यान्वयन गर्ने उपयुक्त मोडालिटी तय भएको थिएन ।
अहिलो उपयुक्त मोडालिटी तय गर्ने र दुवै पइाबाट आवश्यक तयारी गरेर बस सञ्चालन गर्ने भनिएको छ ।