Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – नेपाली कामदारलाई गैरकानुनी रूपमा अफगानिस्तान पठाउन पाँच तहसम्मका गिरोह सक्रिय हुने गरेको रहस्य खुलेको छ ।

आकर्षक कमाई हुने प्रलोभन देखाएर विभिन्न तहमा रहेका दलालले अफगानिस्तान जान चाहनेबाट प्रतिकामदार सात लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म असुल्ने गरेका छन् । यस्ता दलालको प्रमुख राजनीतक दलका उच्चनेता, प्रशासक लगायतसँग सिधा सम्बन्ध हुने गरेको समेत बुझिएको छ । दलालीबाट आर्जित रकमको केही हिस्सा उच्च प्रशासनिक र राजनीतिक तहसम्म पुग्ने गरेको स्रोतले बताएको छ । केही दिनअघि अफगानिस्तानमा आतंककारीले आक्रमण गर्दा नेपाली कामदारहरूको ज्यान गुमाएपछि यो तथ्य खुलेको आजको अन्नपूर्ण पोष्ट्रमा खबर छ ।

चारपाँच वर्षअघिसम्म भारतीय मार्ग हुँदै अफगानिस्तानमा अवैध तरिकाले कामदार लैजाने गरिन्थ्यो । पछिल्लो समयमा भारतीय रुटबाट कडाइ हुन थालेपछि दलालले दुबई र कुबेतलाई प्रमुख ट्रान्जिट बनाएको वैदेशिक रोजगार सम्बद्ध सोतले बतायो । एक तहका दलाल नेपाल बस्छन् । गाउँदेखि सहरसम्म धेरै कमाउने प्रलोभनमा विदेश जान चाहने युवा खोज्छन् ।

जानेको पहिचान भइसकेपछि तीनचार चरणमा पैसाको बार्गेनिङ हुन्छ । पैसाको लेनदेनको खाका तयार भएपछि अफगानिस्तान पठाउन सेटिङ तयार हुन्छ । यहाँ रहेका गिरोहको जालो दुबई, कुबेत, नयाँ दिल्ली र अफगानिस्तानसम्म फैलिएको छ । अवैध तरिकाबाट दुबई पठाउन सबैभन्दा सजिलो तरिका भिजिट भिसा हो । घुम्न जाने भनेर भनेर दुबईको भिसा लागेसँग जान चाहनेले पहिलो किस्ता बुझाउँछन् । त्यहाँ पुगेपछि फेरि अर्को दलालसँग सम्पर्क हुन्छ । त्यसपछि त्यहाँका दलाले दुबईमा सेटिङ मिलाएर अफगानिस्तान पठाउने गर्दछ ।

तपाईको प्रतिक्रिया