Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – संसद अवरोध हटाउनेबारे दलका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ। भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ अनुदान दिनुपर्ने माग राखेर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गरिरहेको संसद अवरोध हटाउनेबारे दलका शीर्ष नेताहरुबीच नै छलफल गर्न लागिएको हो ।

दिउँसो तीन बजेका लागि छलफल तय भएको छ । यसअघि संसद अवरोध हटाउन मंगलबार बिहान बसेको चार दलका नेता सम्मिलित कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको थियो । मंगलबार बिहानको बैठकमा काँग्रेस सदस्यले एकमुष्ट रकम दिनु पर्ने र एमालेका सदस्यले एकमुष्ट रकम दिन नसकिने बरु चाँडो पैसा दिने वातावरण बनाउनु पर्ने अडान राखेपछि बैठक टुंगोमा पुग्न नसकेको हो ।

यसअघि काँग्रेसले भूकम्पपीडितलाई एकमुष्ट रकम नदिएसम्म संसद चल्न नदिने भन्दै चार दिन संसद बैठक अवरोध जारी राखेको छ । शीर्ष नेताहरुबीच छलफल हुने भएपछि मंगलबार दिउँसो साढे तीन बजे बोलाइएको संसद बैठक साढे पाँच बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया