Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लगातार गर्दै आएको संसद्को अवरोध खुलाउन गठित कार्यदलको बैठक निश्कर्षबिहिन भएको छ । सिंहदरबारमा आज बसेको कार्यदलको बैठकमा ठोस सहमति हुन नसकेपछि निश्कर्षबिहिन भएको हो ।

बैठकपछि कार्यदलका सदस्यसमेत रहेका काँग्रेस नेता डा.प्रकाशशरण महतले भूकम्प प्रभावितहरुलाई एकमुष्टरुपमा दुई लाख रुपैयाँ दिनुपर्ने माग पूरा नभएसम्म संसद्को अवरोध कायमै राख्ने जानकारी दिनुभयो । कार्यदलका सदस्य तथा उपप्रधानमन्त्री भीम रावलले राहत र पुनस्र्थापनालगायतका विषयमा राजनीतिकरण नगर्ने र छुटेका नामावली समावेश गर्ने लगायतका विषयमा कार्यदल सहमति नजिक पुगेको बताउनुभएको छ ।

कार्यदलको बैठकमा नेपाली काँग्रेसका तर्फबाट कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत र चिनकाजी श्रेष्ठ, एमालेका तर्फबाट उपप्रधानमन्त्री भीम रावल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपा माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा र राप्रपा नेपालका दिलनाथ गिरी सहभागी हुनुहुन्थ्यो ।

बैठकले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया