काठमाडौँ – अर्जेन्टिनाका लिजेन्ड तथा पूर्वप्रशिक्षक डिएगो म्यारोडोनाले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई सन्यासको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।
सोमबार चिलीसँग कोपा अमेरिका फुटबलको फाइनलमा हारेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका मेसीलाई म्यारोडोनाले सन्यासको निर्णयबाट पछि हट्न आग्रह गरेका हुन् ।
उनले अर्जेन्टिनी मिडियासँग कुरा गर्दै म्यारोडोनाले मेस्सीले आगामी विश्वकप खेल्नुपर्ने बताएका हुन् । मेसीमाथि अधिकांश अर्जेन्टिनीको विश्वास र भरोसा कायमै रहेको उनको भनाइ थियो ।