Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – संविधान जारी भएपछि एकाएक बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधारतर्फ अघि बढेको छ । महाभूकम्प र त्यसपछिको नाकाबन्दी लगायत कारणले रोकिएका नेपाल भारत दुईपक्षीय बैठकहरु एक महिनायता धमाधम हुन थालेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

सिँचाइसम्बन्धी सहसचिवस्तरीय बैठक चार साताअघि भयो । लगत्तै सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समितिको बैठक बस्यो । ऊर्जा सचिवस्तरीय बैठक दिल्लीमा बस्दैछ भने सीमा विवादसम्बन्धी द्विपक्षीय बैठक काठमाडौँमा सकिएको छ । दुईपक्षीय अन्तरसरकारी समितिको बैठक पनि बस्दैछ । सन् १९५० लगायत दुईपक्षीय सन्धि सम्झौता पुनराबलोकन गर्न बनेको प्रबुद्ध समूहको बैठक पनि सातापछि काठमाडौँमा हुँदैछ ।

ग्यासलगायत अत्यावश्यक बस्तुको आपूर्तिमा देखिएका समस्या समाधान गर्न दुवै देशका अधिकारी छलफलमै छन् । पूर्वपरराष्ट्रमन्त्री डा. भेषवहादुर थापाले अहिले देखिएको बैठकको तयारी हेर्दा नेपाल–भारत सम्बन्ध ट्रयाकमा आउन लागेको अनुभूति भएको बताउनुभयो ।

‘भित्री कुरा अझै स्पष्ट देखिएको छैन, सायद हाम्रो स्तरमा जानकारी नभएको होला तर सम्बन्ध सुधारोन्मुख छ,’ उँहाले भन्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया