Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – संयुक्त राष्ट्रसंघको शान्ति स्थापक मिसनमा नेपालबाट एक हजार तीन सय ३७ सैनिक थपिने भएका छन् । इन्जिनियर्स, सैनिक प्रहरी लगायतको काममा तीन सय २७ सैनिक तीन महिनाभित्र उड्ने तयारीमा छन् ।

थप एक बटालियन र गुल्मस्तरका गरी एक हजार सैनिकलाई राष्ट्रसंघको आग्रहमा तयारी अवस्थामा राखिएको छ । मिसन तय हुनासाथ उनीहरू प्रस्थान गर्नेछन् । राष्ट्रसंघको आग्रहअनुसार लिबियामा सुरक्षागार्डका रूपमा दुई सय ३३ सैनिक तीन महिनाभित्र जान लागेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । सेन्ट्रल अफ्रिकन रिपब्लिकमा हाल ५६ सैनिक प्रहरी कार्यरत छन् । त्यहाँ ६४ सैनिक पठाउने तयारी छ।

सिरियाको गोलान हाइटमा थप ३० इन्जिनियर सैनिक जाँदै छन् । त्यहाँ सेनाको कम्पनीस्तरको एक युनिट कार्यरत छ । संयुक्त राष्ट्रसंघले एक बटालियनस्तरको अर्थात् आठ सय ५० सैनिक रहने फौजलाई तयारी हालतमा राख्न भनेको छ ।

यसलाई सेनाले र्‘यापिड डिप्लोइड बटालियन’ भनेको छ । यसबाहेक एक सय ५० जनाको विशेष फोर्सका सैनिकलाई पनि तयारी हालतमा राख्न भनिएको छ । ‘उनीहरू जानका लागि तयारी हालतमा छन्,’ सैनिक प्रवक्ता ताराबहादुर कार्कीले भन्नुभयो,‘राष्ट्रसंघले पठाउनु भनेपछि जाने अवस्थामा नेपाली सैनिक छन् ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया