Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – सरकारले रोजगारीका लागि द्वन्द्वग्रस्त मुलुक जान प्रतिबन्ध लगाएको एक साता नबित्दै श्रम तथा रोजगार मन्त्रालयले छुट्टीमा आएर फर्कन चाहनेलाई अफगानिस्तान पठाउने तयारी गरेको छ ।

श्रम मन्त्रालयले सरकारले प्रतिबन्ध लगाएको स्थानमा सुरक्षा खतरा भएकाले नजान आग्रह गर्दै सर्वसाधारणलाई ट्राभल एडभाइजरी गर्न र एडभाइजरीको समेत बेवास्ता गर्दै जान चाहनेलाई लिखित कबुलियत गराएर जान दिने तयारी गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

अफगानिस्तानको राजधानी काबुलमा क्यानेडेली दूतावासमा गार्डको काम गर्दै आएका नेपालीमाथि लक्षित गर्दै गत सोमबार तालिबान आतंकबादीले आत्मघाती बम विस्फोट गराएर १३ नेपालीको मृत्यु भएपछि बिहीबार मन्त्रिपरिषद बैठले अफगानिस्तान, इराक, सिरिया र लिबियामा नेपालीलाई रोजगारका लागि जान प्रतिबन्ध लगाएको थियो । श्रम तथा रोजगारमन्त्री दीपक बोहोरा स्वयम् छुट्टीमा आएकालाई फर्काउन पहल गर्दै विभिन्न सरोकारवालासँग छलफलमा सक्रिय भएका छन्।

मन्त्री बोहोराले आइतबार वैदेशिक रोजगार विभागका अधिकारीसँग समेत छुट्टीमा आएकालाई तत्काल जान अनुमति दिनेबारे छलफल गरेको स्रोतले बताएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया