Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – युरोकप फुटबल अन्तर्गत शनिवार राती भएका खेलहरुमा पोर्चुगल, पोल्याण्ड र वेल्स विजयी हुँदै क्वारफाईनलमा प्रवेश गरेका छन् ।

क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल जारी युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश पाएको हो । फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रङ्गशालामा भएको खेलको १ सय १६औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले गोल गर्दै पोर्चुगललाई जित दिलाए । खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा गोल भएको हो । poland-1

शनिवार नै भएको प्रि क्वाटरफाइनलको अर्को खेलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै पोल्याण्ड पहिलो पटक युरो कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । खेलको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा गएको थियो । स्वीस टिमका अरू चार खेलाडीले गोल गरेका भने पोल्याण्डका पाँचै खेलाडीले गोल गर्दै ५–४ को जित दिलाए ।

यस्तै उत्तरी आयरल्याण्डका ग्यारेथ म्याकोलीले आत्मघाती गोल गरेपछि वेल्स युरोकप २०१६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिवार नै भएको नकआउट चरणको खेलमा वेल्सले उत्तरी आयरल्याण्डलाई १–० गोल अन्तरले पराजित गरेको हो । belas

उत्तरी आयरल्याण्डको बलियो रक्षापंक्तिले वेल्सलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको अन्त्यतिर उत्तरी आयरल्याण्ड सङ्कटमा पर्‍यो, जब भेट्रान सेन्टरब्याक म्याकोलीले आत्मघाती गोल गर्न पुगे । वेल्सका स्टार खेलाडी ग्यारेथ बेलको प्रहार रोक्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेपछि आयरल्याण्डको क्वारफाइनलमा पुग्ने सम्भावना सकियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया