Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – पूर्व राष्ट्रपति डा.रामवरण यादवले संविधान कार्यान्वयनका लागि दलहरू एकजुट हुनुपर्ने बताउनुभएको छ ।

तारकेश्वरन्यूज डटकमले शुक्रवार आयोजना गरेको तारकेश्वर नगरपालिकामा रहेका विद्यालयका प्रवेशिका परीक्षामा सम्मिलित विद्यार्थी तथा विद्यालयलाई सम्मान तथा अनलाइनको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा यादवले नेपाली जनताको ठुलो त्याग र तपस्याबाट संविधान निर्माण भएको भन्दै यसलाई कार्यान्वयन गर्न प्रमुख दलबीच एकता आवश्यक रहेको बताउनुभएको हो । 1

यादवले भन्नुभयो,‘सबैलाई समेट्ने खालको संविधान ल्याउन सफल भएका छौँ, यो जनताको ठुलो बलिदानबाट आएको छ, संविधानको सफल कार्यान्वयन गरेर लागू गर्न दलहरू एकजुट भएर लाग्नुपर्छ ।’

कार्यक्रममा अध्यक्ष सुशील भट्ट, सल्लाहकार मुकुन्द रिजाल, कुन्दन काफ्ले, हिसान काठमाडौ सचिव राजेन्द्र अधिकारी लगायतले मुलुकको शैक्षिक, राजनीतिकलगायतका क्षेत्रमा अनलाइनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया