Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – उपत्यकाका विभिन्न आकाशे पुलहरु यौन किनबेच गर्ने स्थानका रूपमा परिचित हुँदै गएका छन् ।

अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोंगबुलगायतका स्थानका आकाशे पुलमा बालिकादेखि युवतीसम्मलाई यौनकार्यका लागि सेटिङ मिलाउने काम हुँदै आएको तथ्य पत्ता लगाएको हो । भूकम्पपीडित गाउँबाट आएका, आर्थिक अवस्था कमजोर भएका र साथीहरुसँगको लहैलहैमा भागेर सहर प्रवेश गरेका बालिकाहरुलाई यौनकार्यमा संलग्न हुने गरेको सञ्जालले जनाएको छ ।

११ देखि १८ वर्षका किशोरी सडक बालिका र लागूपदार्थका दुव्र्यसनीहरु यौन कार्यमा लागेको पाइएको छ । अत्यन्त न्यून आर्थिक अवस्था भएका, गर्भवती र एकल महिलासमेत यौन कार्यमा संलग्न रहेका अध्ययनमा संलग्न एमएमएसडी नेपालकी अध्यक्ष रुपा शर्माले बताउनुभयो । ग्राहकले यौनकर्मीसँग मोलमोलाई गरिरहेको देख्न, सुन्न र अनुभव गर्न सकिने अध्ययनमा संलग्न छोरी नामक संस्थाकी अध्यक्ष हिरा दाहालले जानकारी दिनुभयो ।

आकाशे पुलमुनि आउने ग्राहकमा प्रहरी, सेना, सवारी मजदुर र विद्यार्थी बढी भएको आजको अन्नपूर्ण दैनिकमा खबर छ । उनीहरूले प्रतिघण्टा पाँच सय देखि १० हजासरम्म तिर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । ग्राहकहरुमा आर्थिक स्थिति नाजुक भएकादेखि उच्च ओहदाका व्यक्तिहरुसमेत रहेका स्थलगत अध्ययनमा आवद्ध सञ्जालका सदस्यले बताएका छन् ।

तपाईको प्रतिक्रिया