Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ –यूरोपेली युनियनबाट बेलायत बाहिरिने निर्णय भएपछि त्यसबारे नेपालमा समेत प्रतिक्रिया दिन सुरु गरिएको छ । यूरोपेली युनियनमा रहने वा नरहने भन्ने विषयमा भएको जनमत संग्रहको नतिजामा ५२ प्रतिशत मतदाताले युनियनबाट बाहिरिनु पर्नेमा मतदान गरेका थिए।

युनियनमै रहनु पर्नेमा ४८ प्रतिशतले मतदान परेको थियो । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विश्वका मानिसहरू अझ नजिकिनु पर्ने समयमा ककुनमा फर्कन नहुने बताउनुभएको छ । उँहाले ट्विट गर्दै भन्नुभएको छ,‘व्रिटेन इयूबाट बाहिरिनु एउटा प्रतिगामी कदम हो। यो विश्व शान्तिको पनि विरुद्ध छ । विश्वका मानिसहरू अझ नजिकिनु पर्छ । अझ जोडिनु पर्छ । यो ककुनमा फर्कने बेला होइन ।’

यस्तै पूर्व अर्थमन्त्री रामशरण महतले ‘बेलायत इयूबाट सानो मतको अन्तरले ध्रुविकृत चुनावबाट बाहिरिनुको आर्थिक र राजनीतिक प्रभावहरु महत्त्वपूर्ण छन् ।’ भन्दै आफ्नो ट्विटमा लेख्नुभएको आजको नागरिक दैनिकमा खबर छ । पूर्व अर्थ सचिव रामेश्वर खनालले पनि छोटो ट्विट गर्दै आफ्नो प्रतिक्रिया जनाउनुभएको छ । उँहाले ट्विटमा लेख्नुभएको छ, ‘यूकेमा के गलत भयो?’ 22222222

एमाले सचिव योगेश भट्टराईले इयूबाट बेलायत बाहिरिनुलाई उल्टो बाटोतिरको यात्रा भएको संज्ञा दिनुभएको छ । ‘इयुबाट युके बाहिरिने जनमत उल्टो बाटोतिरको यात्रा । घोर दक्षिणपन्थि राष्ट्रबादको पराकास्ट। अतिबादसँग होसियार।’ उनले आफ्नो ट्विटरमा पोस्ट गरेका छन् । एमाले युवा नेता रविन्द्र अधिकारीले इयुबाट अलग हुने नहुने जनमत संग्रहको घोषणा डेभिड क्याम्रुनले २०१३ मा गरेका थिए र जनमतमा पराजित भएपछि पद त्याग गर्छन् नै तर बेलायतको भविष्य ? भन्दै प्रश्न गरेका गर्नुभएको छ ।

विश्लेषक जुगल भूर्तेलले बेलायतलाई अब आफ्नो साइज थाहा हुने बताउनुभएको छ । उँहाले ट्विट गर्दै भन्नुभएको छ, ‘खुम्चिँदा खुम्चिँदा एउटा सानो टापूमा सीमित भइसकेर पनि ‘ग्रेट’ नै रहेको भ्रममा बाँचेको ब्रिटेनलाई अब बल्ल आफ्नो साइज थाहा हुनेछ ।’ संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्यले ट्विट गर्दै लेख्नुभएको छ,‘ यस्तो लाग्छ अहिले सम्म नदेखिएको र नचिताइएको असर पर्ने छ । कमसेकम आर्थिक दृष्टिले हेर्दा ।’

यस अघि सन् १९७५ मा भएको जनमत संग्रहमा ६७ प्रतिशतभन्दा बढी बेलायतीहरुले बेलायत इयूको सदस्य रहिरहनु पर्छ भन्ने पक्षमा मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया