Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – पछिल्लो समय सरकारले लचकताका साथ वार्तामा प्रस्तुत हुने जनाउदिँदै लिखित रुपमै पत्राचार गरेपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धन सकारात्मक देखिएको छ ।

गठबन्धनभित्रका अधिकांश दलले औपचारिक धारणा नबनाए पनि वार्ताप्रति सरकारले देखाएको सक्रियतालाई गम्भीरतापूर्वक लिँदै ती दलले विभिन्न समयमा सकारात्मक धारणा प्रस्तुत गर्दै आइरहेका छन् । सरकारसँगको वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा गठबन्धनभित्र अझै औपचारिक छलफल भने हुन सकेकै छैन । पछिल्ला दिनमा गठबन्धनभित्रै केही खटपटी बढेकाले पनि उनीहरुबीच फरक मत मतान्तर देखिएको छ । मोर्चाले गठबन्धन अलग्गै पनि वार्तामा बस्न सकिने अभिव्यक्ति दिएको छ ।

गठबन्धनको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चा सङ्घीय गठबन्धनबिना नै सरकारसँगको वार्तामा सहभागी हुने बताउनुभयो । थापाँ गाउँस्थित पार्टी कार्यालयमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले वार्ताका लागि सरकारले पत्राचार गरेर सक्रियता देखाउनु सकारात्मक हो भन्दै गठबन्धनलाई सरकारले पत्राचार नगरेको भए पनि वार्ताका लागि मोर्चा गठबन्धन बेगर सहभागी हुने बताउनुभएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया