Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – विभिन्न कलाको विधामा लागेकाहरुलाई जागृत गर्ने र सृजनसिल कर्ममा लगाई रहने उद्देश्यका साथ राजधानीमा सामूहिक कला प्रदर्शनीको आयोजना गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आयोजित कार्यशालामा सृजना गरिएका कलाको प्रदर्शनी यतिबेला नेपाल आर्ट काउन्सिल, बबरमहलमा सञ्चालन भइरहेको छ । कार्यक्रमको नेपालका लागि बङ्गलादेशकी राजदूत मास्फी बीन्ट साम्सले एक समारोहका बिच बिहीबार कला प्रदर्शनीको उद्घाटन गर्नु भयो ।

राजदूत बीन्टले यस्ता कला प्रदर्शनीले कलामा आकर्षित गर्न प्रेरित गर्ने बताउनुभयो । कार्यक्रममा विशेष अतिथि नेपाल ललितकला एकेडेमीकी कुलपति रागिनी उपाध्यायले पाकिस्तान, बङ्गलादेश भारतका साथै अन्यत्र पनि व्यावसायिक कलाकारले ललितकलामा निकै राम्रो दख्खल दिएको आफूले देखेको बताउनु भयो । यस कला प्रदर्शनीले विश्व बजारमा व्यावसायिक कलाकारहरुबाट प्रवद्धन गरिएको ‘पप आर्ट’ नेपाली कला बजारमा भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने उँहाको भनाइ थियो । image-0.02.01.266b9a35cdaac267b01abebeea068f757b16b8b1188587c8f4313685e5d47c89-V

कार्यक्रममा कला समीक्षक रमेश खनालले व्यावसायिक कलाकारहरूले कार्यशालामा निकै सृजनशीलता देखाउन सक्षम भएको धारण राख्नु भयो । कार्यक्रमका सभापति लालकाजी लामाले एसियाली देशहरू बङ्गलादेश, पाकिस्तान, भारत लगायतका देशमा व्यावसायिक कलाले निकै फड्को मारेको बताउदै नेपाली व्यावसायिक कलामा पनि यस प्रकारको प्रयोग गर्न सकिनेमा जोड दिनुभयो ।

गत हप्ता मात्र व्यावसायिक कलाकारलाई लक्षित गरेर एकेडेमीले कार्यशालाको आयोजना पनि गरेको थियो । प्रदर्शनी आगामी १२ गते सम्म नेपाल कला परिषद् बबरमहलमा चल्ने छ ।

तपाईको प्रतिक्रिया