Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आतंकवादी बम हमलामा परी घाइते भएका नुवाकोटका च्याङ्बा तामाङको उपचारका क्रममा बुधवार निधन भएको छ ।

इस्लामाबादस्थित कार्यवाहक नेपाली राजदूत तीर्थराज अर्यालका अनुसार तामाङको काबुलस्थित मिलिटरी अस्पालमा उपचारकै क्रममा तामाङको बुधवार अपराह्न निधन भएको हो । तामाङको शव सक्दो चाँडो नेपाल ल्याउन पहल भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।तामाङको शव नेपाल पठाउन हाल काबुलमै रहेका इस्लामाबादस्थित कार्यवाहक नेपाली राजदूत अर्याललाई निर्देशन दिइसकिएको उनले बताए ।

तामाङको निधनसँगै आतंकवादी संगठन तालिबानले काबुलमा गराएको आत्मघाती बम हमलामा मारिने नेपालीको संख्या १३ पुगेको छ । सोमबार बिहान १२ नेपालीसहित अफगानी नागरिक चढेको मिनिबसमा एक तालिबानी आतंककारीले आत्मघाती बम हमला गर्दा १२ नेपालीको ज्यान गएको थियो । उनीहरूको शव बुधबार काठमाडौं ल्याइसकिएको छ ।

कार्यवाहक राजदूत अर्यालले बम हमलामा घाइते भएका अन्य ६ जना नेपालीलाई थप उपचारका लागि बुधबार बिहान नयाँदिल्ली पठाइएको जानकारी दिनुभयो । उनीहरूको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार जारी छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया