Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको समूह चरणका खेल सकिएका छन् । समूह ‘इ’ र ‘एफ’ का अन्तिम लिग खेलहरू बुधवार राति सकिएपछि प्रि क्वाटरफाइनलमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ ।

बुधवार सम्पन्न समूह ‘ई’ का अन्तिम खेलमा बेल्जियमले स्विडेनलाई १–० ले हराउँदा आयरयाण्डले ईटालीलाई १–० ले नै हराएको हो । यो समूहबाट समूह विजेता ईटालीसँगै बेल्जियम र आयरल्याण्ड पनि प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधवार राती नै भएको समूह एफ का खेलमा आइसल्याण्डले अष्ट्रियालाई २–१ ले हराउँदा पोर्चुगल र हंगेरीले ३–३ गोलको बराबरी खेलेका छन् ।

यो समूहबाट हंगेरी शीर्ष स्थानमा रहँदै राउण्ड अफ सिक्सटिनमा पुग्दा दोस्रो स्थानको आईसल्याण्ड र तेस्रो स्थानको पोर्चुगल पनि अन्तिम १६ मा पुगेका छन् । बुधवार रातीका खेलपछि युरोकप फुटबलका प्रि क्वाटरफाईनलका भिडन्त तय भएका छन् । शनिवारदेखि सुरु हुने नकआउट चरणको पहिलो खेलमा स्विट्जरल्याण्डले पोल्याण्डसँग खेल्नेछ । सोही दिन वेल्स र नर्दन आयरल्याण्ड तथा क्रोएसिया र पोर्चुगल भिड्नेछन् ।

आयोजक फ्रान्सले आइतबार रिपब्लिक अफ आयरल्याण्डसँग खेल्दा सोही रात जर्मनी र स्लोभाकिया तथा हंगेरी र बेल्जियम भिड्नेछन् । यसैगरी राउण्ड अफ सिक्सटिनकै ठुलो भिडन्तमा सोमबार ईटाली र स्पेन अमने सामने हुनेछन् । युरोकप फुटबलअन्तर्गत राउण्ड अफ सिक्सटिनको अन्तिम खेलमा सोमबार राति इङ्लाण्डले आईसल्याण्डसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया